त्रिभुवन पार्कको ५० रोपनी जग्गा वर्षको ५४ लाख तिर्ने गरि २० वर्षका लागि भाडामा

Thankot Times

थानकोट ।

त्रिभुवन पार्कको जग्गा प्रचलित बजार मूल्य भन्दा निकै तथा अनधिकृत रुपमा निजी कम्पनीलाई भाडामा लगाएको विषय फेरि चर्चामा आएको छ । बागमती प्रदेशका संस्कृति तथा पर्यटन मन्त्री दिपेन्द्र श्रेष्ठले त्रिभुवन पार्कका विषयमा चासो राख्दै स्थलगत निरिक्षण गरेपछि यो विषय फेरि चर्चामा आएको हो । त्रिभुवन पार्क क्षेत्रभित्रको करिब ५० रोपनी जग्गा २० वर्षका लागि भाडामा दिइएको विषय केही वर्षअघि नै विवादमा तानिएको थियो ।

प्रदेश सरकारले पार्कलाई व्यवस्थित र पर्यटकलाई आकर्षित गर्न भौतिक पूर्वाधार निर्माण गर्न पर्याप्त बजेट विनियोजन गर्ने गरी मन्त्री श्रेष्ठ उक्त पार्कको अवलोकन गर्न आएको बताइएको छ । पार्कको आकर्षक र मुख्य आम्दानी हुने क्षेत्र नै निजी कम्पनीलाई भाडामा दिइनु गलत भएको मन्त्री श्रेष्ठले आफ्नो फेसबुकमा लेखेका छन् ।


One thought on “त्रिभुवन पार्कको ५० रोपनी जग्गा वर्षको ५४ लाख तिर्ने गरि २० वर्षका लागि भाडामा

  1. यो सरासर गलत छ किन भने यसको 50 रोपनी जग्गा भादामा दिनु भनेको याहाको सौर्न्दर्य माथी नै आचआउने काम गर्नु हो तेसैले याहा भएको हाम्रो सौर्न्दर्य लाई हामिले जगेर्ना गर्नु पर्छ कसैको हातमा सुपिन दिनु हुन्दैन।समयमै समन्धित निकायको ध्यान जावोस ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *