चन्द्रागिरि हेल्पिङ ह्याण्डस् ले जनप्रतिनिधिहरूलाई सम्मान गर्ने

Thankot Times

थानकोट ।

परोपकारको क्षेत्रमा क्रियाशील संस्था चन्द्रागिरि हेल्पिङ्ग ह्याण्डस् ले चन्द्रागिरि नगरका नवनिर्वाचित जनप्रतिनिधिहरूलाई सम्मान गर्ने भएको छ ।

जेठ १७ गते मंगलबार हुने उक्त कार्य्रकममा  सो संस्थाले हालसम्म प्राप्त गरेका उपलब्धी तथा कार्यहरूको प्रगति विवरण एवं भावी योजनाहरूका विषयमा समेत बृहत छलफल गरिने आयोजक संस्थाले जानकारी दिएको छ । चन्द्रागिरि २ स्थित विकेड भिल्ला रिसोर्टमा हुने कार्यक्रममा नगरका नवनिर्वाचित नगरप्रमुख, उपप्रमुख एवं चन्द्रागिरि ३ र ४ का नवनिर्वाचित जनप्रतिनिहरूको सम्मान गरिने बताइएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *