राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि चन्द्रागिरिका दुई विद्यालय छनोट

Thankot Times

थानकोट ।

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि चन्द्रागिरि नगरका दुई विद्यालयसहित देशभरका ३ हजार ४ सय ७५ विद्यालय छनोट भएका छन् ।

बुधबार राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको मन्त्रीस्तरीय निर्णयबाट ती विद्यालयहरू छनोट भएको बताइएको छ ।

चन्द्रागिरि नगरबाट सो कार्यक्रमका लागि वडा नं. ४ स्थित चुनदेवी मावि तथा वडा नं. १५ स्थित विष्णुदेवी मावि छनोटमा परेका छन् ।

छनोटमा परेका विद्यालयहरूले आईसीटी ल्याब वा आईसीटी ल्याबका लागि भवन बनाउन एकमुष्ठ बजेट पाउनेछन् । चन्द्रागिरि नगरका दुवै विद्यालयहरूले आसिटी ल्याबका लागि प्रति विद्यालय ६ लाख ५० हजार रूपैयाँ पाउने भएका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *