चुनाव प्रचारकाे अन्तिम दिनः नेकपा एमालेको चुनावी सभा छैमलेमा, काँग्रेसको नगाउँ दोबाटोमा

Thankot Times

थानकोट ।

आसन्न आम निर्वाचनको माैन अवधि आज मध्यरातबाट सुरू हुँदैछ । उम्मेदवारहरू आज अन्तिम चुनावी सभा र घरदैलोमा बिहानै देखी व्यस्त छन् । 

काठमाण्डाै क्षेत्र नं. १० मा पनि चुनावी अभियान अन्तर्गत प्रचारप्रसार गर्ने अन्तिम दिन दलका नेता कार्यकर्ता तथा उम्मेदवारहरू बिहानैदेखी मतदाताको घरदैलोमा पुगिरहेका छन् ।

यसैबीच चुनाव प्रचार प्रसारको अन्तिम कार्यक्रम स्वरूप सत्ता गठबन्धन निकट दलहरूले आज कीर्तिपुरस्तित नगाउँ दोबाटोमा बृहत चुनावी आम सभा आयोजना गर्ने तयारी गरेको छ । जहाँ नेपाली काँग्रेसका केन्द्रीय सदस्य मिनेन्द्र रिजाल लगायतले सम्बोधन गर्नेछन् ।

त्यस्तै, नेकपा एमालेले दक्षिणकाली नगरपालिकाको छैमलेमा चुनावी सभा आयोजना गर्दैछ । 


Leave a Reply

Your email address will not be published. Required fields are marked *