मतदाताहरूमा प्रदेश सांसद् आलेमगरको धन्यवाद

Thankot Times

थानकोट ।

मंसिर ४ गते सम्पन्न प्रदेश सभा सदस्य निर्वाचनमा काठमाण्डाै क्षेत्र नं. १० प्रदेश २ बाट निर्वाचित सांसद् रमा आलेमगरले मतदाताहरूमा धन्यवाद दिनुभएको छ ।

सोमबार बिहान सामाजिक सञ्जालमा नवनिर्वाचित सांसद् आलेमगरले निर्वाचनमा अमुल्य मत दिई पुन: प्रदेश सभा सदस्यमा निर्वाचित गराउनु भएकोमा धन्यवाद व्यक्त गर्नुभएको हो ।

सांसद् आलेले सल्लाह सुझावका लागि आफ्नो मोबाइल नम्बरसमेत सार्वजनिक गर्नुहुँदै निरन्तर सहयोगका लागि आग्रह समेत गर्नुभएको छ ।

काठमाण्डाै क्षेत्र नं. १० को प्रदेश २ मा नेकपा एकीकृत समाजवादीबाट रमा आलेमगरले ५८१० मत पाउनु हुँदा उहाँका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका रामशरण आलेमगरले ५१८४ मत पाउनुभएको थियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *