काठमाण्डाै शिक्षा क्याम्पसको छात्रवृत्ति कोषमा प्रा.डा. अधिकारीको १ लाख २५ हजार सहयोग

Thankot Times

थानकोट । 

चन्द्रागिरि नगरपालिका सतुंगलस्थित काठमाण्डाै शिक्षा क्याम्पसको छात्रवृत्ति कोषमा सो क्याम्पसका सञ्चालक समिति उपाध्यक्ष प्राध्यापक डाक्टर हेमाङ्गराज अधिकारीले नगद सहयोग गर्नुभएको छ।

क्याम्पस प्रमुख शत्रुन्धप्रसाद गुप्ताका अनुसार सञ्चालक समिति उपाध्यक्ष अधिकारीले सो क्याम्पसको छात्रवृत्ति कोषमा एक लाख पच्चीस हजार रूपैयाँ प्रदान गर्नु भएको हो । 

चेक हस्तातन्तरणका क्रममा सो क्याम्पसका सञ्चालक समितिका अध्यक्ष एवंम् संस्थापक सदस्य प्राध्यापक डाक्टर माधव भट्टराईको समेत उपस्थिति रहेको थियो ।

सो रकम क्याम्पसमा अध्ययनरत जेहेन्दार छात्रछात्राहरूका लागि छात्रवृत्ति वितरणमा खर्च गरिने क्याम्पस प्रमुख गुप्ताले जानकारी दिनुभयो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *