नेपाल एयरलाइन्सका यात्रुलाई पीसीआर नेगेटिभ अनिवार्य
थानकोट ।
नेपाल वायु सेवा निगमले विदेशबाट आउने यात्रुहरुलाई पीसीआर नेगेटिभ रिपोर्ट वा बार कोड सहितको कोभिड-१९ इन्टरनेशनल सर्टिफिकेट अनिवार्य साथमा राख्न अनुरोध गरेको छ । कोरोना संक्रमण बढेपछि निगमले सूचना जारी गर्दै उक्त आग्रह गरेको हो ।
विदेशमा कोरोना संक्रमण बढेपछि सावधानीका उपाय अपनाउन थालिएको छ ।















