इन्दिरा राना मगरलाई उपसभामुख बनाउने राष्ट्रिय स्वतन्त्र पार्टीको निर्णय

Thankot Times

थानकोट ।

राष्ट्रिय स्वतन्त्र पार्टीले इन्दिरा राना मगरलाई उपसभामुखको उम्मेदवार बनाउने निर्णय गरेको छ ।

पार्टी सदस्यदीय दलको शुक्रबार बसेको बैठकले राना मगरलाई उपसभामुखको उम्मेदवार बनाउने निर्णय गरेको प्रवक्ता मुकुल ढकालले जानकारी दिए । 

यसअघि सो पार्टीबाट उपसभामुखमा सोविता गौतमको चर्चा भएपनि अन्तिम समयमा आएर पार्टीले राना मगरलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

 राना सन् २०१७ मा बीबीसीको प्रेरणादायी महिलाको सूचीमा परेकी थिइन् । उनी बन्दी सहायता नेपालकी संस्थापक अध्यक्षसमेत हुन् । २०२७ सालमा झापाको शनिश्चरे–६ मा जन्मेकी इन्दिराले समाजसेवा बापत सन् २००५ मा अशोक फेलो जितेकी थिइन्।

उनले काठमाडौंको नयाँबजारको बाल आवासगृह, साँखु र झापाको खुदुनाबारीमा पनि बालगृह सञ्चालन गर्दै आएकी छन् । 


Leave a Reply

Your email address will not be published. Required fields are marked *