अखिल (क्रान्तिकारी) ले सबै प्रदेशमा इन्चार्ज तोक्यो

Thankot Times

थानकोट ।

माओवादी केन्द्रको भातृ संगठन अखिल (क्रान्तिकारी) ले सबै प्रदेशमा इन्चार्ज पाएको छ ।

माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रमुख आतिथ्यतामा सम्पन्न तेस्रो पदाधिकारी बैठकले प्रदेश ईन्चार्ज र विश्वविद्यालय कमान्ड इन्चार्जको जिम्मेवारी टुंग्याएको हो ।

प्रदेश इन्चार्जहरु उपाध्यक्षहरुबाट पठाउने कि सचिवहरुबाट पठाउने भन्ने र व्यक्ति छनाेटको बारेमा कुरा नमिल्दा परिपत्र गर्न केही दिन ढिला भएको थियो।

अखिल (क्रान्तिकारी) ले १ नं प्रदेश इन्चार्जमा खगेन्द्र सुवेदी ,मधेश इन्चार्जमा अनिल भगत, विशेष प्रदेश ईन्चार्जमा प्रशुन कार्की, बागमती इन्चार्जमा कृष्ण न्यौपाने, गण्डकी प्रदेश इन्चार्जमा नारायण बडाल, लुम्विनी प्रदेश इन्चार्जमा सूर्य घर्ती मगर, कर्णाली प्रदेश ईन्चार्जमा त्रिसणा हमाल र सुदूरपश्चिम इन्चार्जमा भीम भट्टलाई दिएको छ । त्यसैगरी विश्वविद्यालय कमाण्डहरुको ईन्चार्जको जिम्मेवारी सचिवहरु उपेन्द्र शाही र सञ्जय कालधानले पाएका छन् ।

त्यसैगरी केन्द्रीय छात्रा विभाग प्रमुखमा सचिव पार्वती नेगी, केन्द्रीय स्वयम्सेवक प्रमुखमा सचिव योगेन्द्र बुढा र सम्पर्क मञ्च इन्चार्जमा सचिव विजय सापकोटाले जिम्मा पाएका छन् । अखिल (क्रान्तिकारी) ले स्ववियू चुनाव केन्द्रित कार्यक्रम र कार्य विभाजनसहित स्ववियू चुनावमा सहभागी हुन सिंगो संगठन परिचालन गर्ने जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *