राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन माघ २३ गते हुने

Thankot Times

थानकोट ।

राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन माघ २३ मा हुने भएको छ ।

शुक्रबार राष्ट्रियसभाको बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन माघ २३ मा हुने गरी तोकेका हुन् ।

माघ २३ गते बिहान ११ बजेर ५९ मिनेटमा बस्ने राष्ट्रियसभाको बैठकले उपाध्यक्षको चयन गर्नेछ ।

राष्ट्रियसभा उपाध्यक्षको पद एक वर्षदेखि रिक्त छ । शशीकला दाहालको कार्यकाल २०७८ फागुन २० मा सकिएपछि राष्ट्रियसभाको उपाध्यक्ष पद रिक्त थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *