बागमती प्रदेशका ७ वटा अस्पताललाई ‘ख’ वर्गको एम्बुलेन्स सहयोग

Thankot Times

थानकोट ।

बागमती प्रदेश सरकारले प्रदेशभित्रका ७ वटा प्रादेशिक अस्पताललाई एम्बुलेन्स सहयोग गरेको छ ।

प्रदेशको स्वास्थ्य मन्त्रालयले प्रदेशभित्र रहेका विभिन्न जिल्लाका ७ वटा अस्पताललाई एमबुलेन्से सहयोग गरेको हो ।

मन्त्रालयले प्रदेशको भक्तपुर अस्पताल, बज्रबाराही चापागाउँ अस्पताल, टोखा चण्डेश्वरी अस्पताल, पशुपति चौलागाईँ स्मृति अस्पताल दोलखा, मेथिनकोट अस्पताल काभ्रे, रामेछाप अस्पताल र बकुलहर रत्ननगर अस्पताललाई ‘ख’ वर्गको एम्बुलेन्स उपलब्ध गराएको स्वास्थ्य आपूर्ती व्यवस्थापन केन्द्रका प्रमुख अर्जुनप्रसाद सापकोटाले जानकारी दिए ।

उनका अनुसार, एउटा एम्बुलेन्स खरिद गर्न ५२ लाख ९० हजार रुपैयाँ लागत लागेको छ ।

प्रदेश सरकारले गतवर्ष ५ वटा प्रादेशिक अस्पताललाई एम्बुलेन्स उपलब्ध गराएको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *