वीर अस्पतालमा बर्न वार्ड सञ्चालन गरिने

Thankot Times

थानकोट ।

आगोले पोलेकाहरु बिरामीहरूको उपचारका लागि वीर अस्पतालले ‘बर्न वार्ड’ सञ्चालन गर्ने भएको छ । २०७२ को भूकम्पले वीरमा रहेको बर्न वार्ड रहेको भवन भत्किएपछि सेवा बन्द भएको थियो ।

तीन महिनाभित्र बर्न वार्डसहित सघन उपचार कक्ष (आईसीयू), शल्यक्रिया कक्ष हामीले सञ्चालन गर्ने छौँ’, नवनियुक्त कार्यकारी निर्देशक डा. सन्तोष पौडेलले भने , ‘अब जलन भएका बिरामीको उपचार गर्नेछौँ ।’

अस्पतालले नयाँ भवनमा वार्ड सञ्चालन गर्नेछ ।

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदम गिरीले शुक्रबार डा. पौडेललाई अस्पतालको कार्यकारी निर्देशकमा नियुक्त गरेका थिए ।

यसअघि कोभिड युनिफाइड केन्द्रीय अस्पताल (वीर अस्पताल) को निमित्त कार्यकारी अधिकारीको जिम्मेवारी डा. भूपेन्द्र बस्नेतले पाएका थिए ।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *