२४ घण्टामा कोरोनाका नयाँ संक्रमित शून्य
थानकोट ।
नेपालमा पछिल्लो २४ घण्टामा देशभर कोरोनाका नयाँ संक्रमितको संख्या शून्य रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार ६ सय ६७ वटा स्वाब नमुनाको परीक्षण गर्दा कोही व्यक्तिमा पनि संक्रमण पुष्टि नभएको हो ।
यो अवधिमा देशभर दुईजना संक्रमणमुक्त भएका छन् ।
हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या १५ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।














