देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या ८ जना
थानकोट ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या शुन्य रहेको छ ।हालसम्म नेपालमा संक्रमित हुनेको संख्या ११ लाख ५३ हजार ३ सय ८२ जना पुगेको छ ।
पछिल्लो २४ घण्टामा १ सय १४ जनाको पिसिआर परीक्षण गर्दा कोरोना संक्रमितको संख्या शुन्य रहेको हो । मन्त्रालयले हालसम्म ६० लाख १३ हजार ९ सय ४७ जनाको पिसिआर भएको जनाएको छ।
पछिल्लो २४ घण्टामा ७ सय ७८ जनामा एन्टिजन विधिबाट परीक्षण हुँदा संक्रमितको संख्या शुन्य रहेको छ। हालसम्ममा १५ लाख १७ हजार १ सय ५३ जनाको एन्टिजन विधिबाट परीक्षण भएको जनाईएको छ ।
२४ घण्टामा निको हुनेको संख्या १ जना रहेको छ । कुल निको हुनेको संख्या ९ लाख ८९ हजार १ सय १९ जना पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ८६ रहेको छ ।
हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १२ हजार २० जना पुगेको छ ।
हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या ८ जना रहेको छ।














