नागढुङ्गाबाट अवैध लागुऔषधसहित समातिए २१ वर्षीय अर्जुन

Thankot Times

थानकोट । 

चन्द्रागिरि नगरपालिका-२ नागढुङ्गा नाकाबाट अवैध लागुऔषध खैरो हेरोइनसहित एक युवा पक्राउ परेका छन् । 

बर्दिया मधुवन गाउँपालिका-६ बस्ने २१ वर्षीय अर्जुन खत्रीलाई अवैध लागुऔषध खैरो हेरोइनसहित शनिबार प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरी टोलीले बर्दियाबाट काठमाडौँ आउँदै गरेको भे१ख ३५३१ नम्बरको बस जाँच गर्ने क्रममा उनलाई उक्त लागुऔषधसहित फेला पारी पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ