ग्वार्को चोकमा मोटरसाइकलको ठक्करबाट साइकल चालकको मृत्यु

Thankot Times

थानकोट । 

मोटरसाइकलको ठक्करबाट ललितपुरमा साइकल यात्रुको मृत्यु भएको छ ।

ललितपुर महानगरपालिका-१७ ग्वार्को चोकस्थित सडकमा बागमती प्रदेश ०२-००१ ब २२४७ नम्बरको मोटरसाइकलको ठक्करबाट साइकलयात्री सोही महानगरपालिका-१७ भेल्पा बस्ने काभ्रेपलान्चोकको बेथानचोक गाउँपालिका-२ घर भएका ३४ वर्षीय बुद्धराज तिमिल्सिनाको शनिबार राति मृत्यु भएको प्रहरीले जनाएको छ ।

ठक्करबाट गम्भीर घाइते भएका उनको बी एण्ड बी अस्पताल ग्वार्कोमा उपचारको क्रममा मृत्यु भएको हो ।

दुर्घटनमा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ