चन्द्रागिरि नगरको जनसंख्या १ लाख ३६ हजार ८६०, सबैभन्दा धेरै वडा नंं १२ मा कम वडा नं. २ मा

Thankot Times

थानकोट ।

राष्ट्रिय जनगणना २०७८ को प्रतिवेदन सार्वजनिक गरिएको छ ।

शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय जनगणना २०७८ को प्रतिवेदन सार्वजनिक गरेका हुन् ।

राष्ट्रिय जनगणना २०७८ अनुसार (जनगणना सन्दर्भ दिन २०७८ साल मंसिर ९ गते) नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ रहेको छ । जसमध्ये पुरुषको संख्या १ करोड ४२ लाख ५३ हजार ५५१ (४८.९८ प्रतिशत) र महिलाको संख्या १ करोड ४९ लाख ११ हजार २७ (५१.०२ प्रतिशत) छ । जस अनुसार लैङ्गिक अनुपात अर्थात् प्रति १०० जना महिलामा पुरुषको संख्या ९५.५९ जना रहेको छ ।

राष्ट्रिय जनगणना २०७८ अनुसार चन्द्रागिरि नगरपालिकाको जनसंख्या १ लाख ३६ हजार ८६० रहेको छ जसमा पुरूष ६८ हजार ३०३ जना तथा महिलाको संख्या ६८ हजार ५५७ रहेको छ ।

चन्द्रागिरि नगरपालिकाको कुल जनसंख्या मध्ये महिलाको जनसंख्या ५०.१ प्रतिशत रहेको छ पुरूषको जनसंख्या ४९.९ प्रतिशत रहेको छ । नगरको कुल साक्षरता ८७ दशमलव ३ रहँदा महिला सारक्षरता ८१.२ तथा पुरूष साक्षरता दर ९५.५ प्रतिशत रहेको छ ।

नगरमा अविवाहितहरूको संख्या कुल जनसंख्याको २८.७ प्रतिशत रहेको बताइएको छ भने विवाहितको संख्या ६५.३ प्रतिशत रहेको छ ।

नगरक्षेत्रमा कुल ३५ हजार ९ सय ९४ घरपरिवार बसोबास गरिरहेका छन् ।

कुन वडामा कति जनसंख्या हेर्नुहोस्ः 


Leave a Reply

Your email address will not be published. Required fields are marked *