थप ४२ जनामा कोरोना संक्रमण पुष्टी
थानको ट।
नेपालमा पछिल्लो २४ घण्टामा थप ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार ३०० जनाको पीसीआर परीक्षण गर्दा ३७ जना र ६१५ जनाको एन्टीजेन परीक्षणमा ५ जना गरी ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
सो अवधिमा १७ जना कोरोनाबाट संक्रमणमुक्त भएका छन् । हाल देशभर १२३ जना कोरोनाको सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ।














