ह्वात्तै बढ्यो कोरोना संक्रमण, आज कति थपिए ?

Thankot Times

थानकोट ।

नेपालमा पछिल्लो २४ घण्टामा १ सय ४२ जनामा कोरोना भाइरसकाे संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एक हजार ७९ जनाको नमुना परीक्षण गर्दा १४२ जनामा संक्रमण देखिएकाे हाे ।

आरटी पीसीआर विधिबाट ३८१ र एन्टीजेन विधिबाट ६९८ जनाको परीक्षण गरिएकोमा १४२ जनामा संक्रमण देखिएकाे हाे ।

तीमध्ये आरटी पीसीआर विधिबाट ४४ र एन्टीजेन विधिबाट ९८ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *