कांग्रेस नेता भण्डारीको स्वास्थ्यमा सुधार

Thankot Times

थानकोट । 

नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य चन्द्रकान्त भण्डारीको स्वास्थ्यमा राम्रो सुधार हुँदै गएको छ।

गत फागुन ३ गते राति आफ्नै निवास बुद्धनगरमा ‘ग्यास लिक’ भएर आगालागीबाट गम्भीर घाइते भएका भण्डारीको स्वास्थ्य पछिल्लो समय राम्रो हुँदै गएको हो। 

गत फागुन ४ गतेदेखि भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा उपचाररत भण्डारीको स्वास्थ्यमा राम्रो सुधार आएको उनी निकट कांग्रेसका नेता माधव न्यौपानेले राससलाई जानकारी दिए।

डा. भण्डारीको अनुहारको छाला राम्रो भइरहेको छ। बायाँ हातको पट्टी खोलिएको छ। कलमी छालाले राम्रो काम गरिरहेको छ,’ न्यौपानेले भने। पछिल्लो समय भण्डारीलाई ज्वरोसमेत नआएको र दिनदिनै फिजियोथेरापी गरिएको न्यौपानेले बताए। भण्डारीलाई दैनिक तीन/चार पटक हिँडाउने गरिएको छ।

आगलागीमा परी सांसद डा भण्डारी र उनकी आमा हरिकला भण्डारी गम्भीर घाइते भएका थिए। आमा हरिकलाको भने उपचारका क्रममा कीर्तिपुर अस्पतालमा फागुन ४ गते निधन भएको थियो।  


Leave a Reply

Your email address will not be published. Required fields are marked *