थप ५५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि
थानकोट ।
नेपालमा पछिल्लो २४ घण्टामा थप ५५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
१ हजार २१६ जनाको नमुना परीक्षण हुँदा पीसीआर विधिबाट ५० जना र एन्टीजेन विधिबाट ५ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको हो ।
यही अवधिमा थप ११ जना सङ्क्रमणमुक्त पनि भएका छन् । त्यस्तै, २७ हजार ९७६ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।














