वडाध्यक्ष अधिकारीको निधनमा भोलि सोमबार कीर्तिपुर नगरपालिकामा शोक बिदा

Thankot Times

थानकोट ।
बैशाख १ गते मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते भइ उपचाररत कीर्तिपुर नगरपालिका-४ का वडाध्यक्ष श्यामराजा अधिकारीको निधन भएको छ ।

अधिकारीको आइतबार उपचारकै क्रममा अन्नपूर्ण न्यूरो अस्पताल माइतीघरमा निधन भएको हो ।
वडाध्यक्ष अधिकारीको निधनको शोकमा कीर्तिपुर नगरपालिकाले भोलि वैशाख ११ गते सोमबार नगर क्षेत्रमा स्थानीय सार्वजनिक बिदा दिने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद बास्कोटाले थानकोट टाइम्सलाई जानकारी दिनुभयो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *