नगरपालिकाको जिपको ठक्करबाट बालकको मृत्यु

Thankot Times

थानकोट ।

नवलपरासी (बर्दघाट सुस्तापूर्व)को मध्यविन्दु नगरपालिका-१५ मा जिपको ठक्करबाट ४ वर्षीय बालकको मृत्यु भएको छ ।

मध्यविन्दु नगरपालिकाको बा २ झ २३१२ नं को जिपको ठक्करबाट ४ वर्षीय आदित्य माझीको मृत्यु भएको चोरमारा प्रहरी चौकीका सई ढाकाराम लामिछानेले बताए ।

दुर्घटनापछि प्रहरीले सवारी र चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । घटनाको विषयमा अनुसन्धान भइरहेको लामिछानेले बताए ।

मध्यविन्दु नगरपालिकाबाट फोहरमैला व्यवस्थापन केन्द्रको अनुगमनका लागि गएको बेला उक्त सवारी दुर्घटना भएको नगरपालिकाले जनाएको छ ।

रासस


Leave a Reply

Your email address will not be published. Required fields are marked *