शरणार्थी समेत शुद्ध नहुने देश भन्दै दिपकराज गिरीले गरे व्यङ्ग्य
थानकोट ।
नक्कली भुटानी शरणार्थी प्रकरणले अहिले मुलुक तातेको छ ।
सामाजिक सञ्जालमा तथा सञ्चार माध्यमहरूमा यस विषयले प्राथमिकता पाइरहेको छ ।
प्रहरीले बहालवाला सचिव देखी पूर्व गृहमन्त्रीका सल्लाहकार समेतलाई नियन्त्रणमा लिई अनुसन्धान गर्न थालेपछि यस प्रकरणले अब कुन रूप लिने हो र को को यस मामलामा मुछिने हुन भन्ने सबैतिर चासो बढेको छ ।
बुधबार सार्वजनिक कार्यक्रममा सभामुख देवराज घिमिरेसँगै कुम जोडेर बसेका एमाले सचिव एवं पूर्व उर्जा मन्त्री टोपबहादुर रायमाझी समेत प्रहरीको पक्राउ सूचीमा परेपछि उनको खोजी भइरहेको छ । बिहीबार बिहानसम्म उनी सम्पर्कविहिन भएको समाचार बाहिरिएका छन् ।
नक्कली भुटानी शरणार्थी प्रकरणका विषयमा कलाकार दिपराज गिरीले बिहीबार बिहान सामाजिक सञ्जाल फेसबुकमा एउटा पोष्ट गरेका छन् जहाँ उनले लेखेका छन्
हरेक कुरा अशुद्ध!
केहि कुरा pure नपाउने देशमा ..हूदॉ हूदॉ शरणार्थी समेत pure नपाउने भो!!!













