मोटरसाइकल दुर्घटना हुँदा मकवानपुरमा दुईजनाको मृत्यु
थानकोट ।
मोटरसाइकल दुर्घटना हुँदा मकवानपुरको भिमफेदी गाउँपालिका वडा नम्बर ६ जुरिखेतमा दुईजनाको मृत्यु भएको छ ।
बुधबार साँझ काठमाडौंबाट हेटौंडातर्फ आउँदै गरेको बागमती प्रदेश ०२-०२०-प ४२३७ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई हेटौंडा-भिमफेदी-कुलेखानी-काठमाण्डौ सडकखण्डमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।
प्रवक्ता कार्कीका अनुसार मोटरसाइकल चालक बारा जिल्लाको पर्सौनि नगरपालिका वडा नम्बर-५ का २५ वर्षीय लालबाबु सहनी मलाहा र मोटरसाइकलको पछाडी बसेका सोहि स्थानका २० वर्षीय गोरख भन्ने रविन्द्र मण्डल रहेका छन् ।
दुर्घटनामा परि घाइते भएका मोटरसाइकल चालक मलाहको हेटौंडा अस्पतालमा उपचारका क्रममा र पछाडी बसेका मण्डलको घटनास्थल मै मृत्यु भएको प्रवक्ता कार्कीले जानकारी दिए ।












