बुद्ध जयन्तीको सार्वजनिक बिदाका दिन पनि कीर्तिपुर वडा नंं ६ को कार्यालयले सेवा दिँदै
थानकोट ।
२५६७औं बुद्ध जयन्तीका अवसरमा नेपाल सरकारले बैशाख २२ गते शुक्रबारका दिन सार्वजनिक बिदा दिएको छ । सो दिन कीर्तिपुर नगरपालिका वडा नं. ६ को कार्यालयले भने सो खुल्ला रहने भएको छ ।
कीर्तिपुर नगरपालिका वडा नं. ६ जलविनायक, चोभारको कार्यालय बिहीबार एक सूचना जारी गर्दै नेपाल सरकारबाट अत्यावश्यकीय सेवा प्रवाह गर्नुपर्ने कामलाई सुचारू गर्न नेपाल राजपत्रमा प्रकाशित भएको सूचना अनुसार अन्य बिदाको दिनमा पनि केहि समय कार्यालय खोलेर सेवा दिने भन्ने नगरपालिकाको निर्देशन अनुसार सो दिन ३ घण्टा कार्यालय खुल्ला रहनेछ जनाएको हो ।
वडा कार्यालयले जारी गरेको सूचना हेर्नुहोस्ः

तस्बिरः सामाजिक सञ्जालबाट ।












