बिहानै हुस्सुले ढाक्यो चन्द्रागिरि, कस्तो रहला आजको मौसम ?

Thankot Times

थानकोट ।

बैशाख महिनाको तेस्रो साता लाग्दा चन्द्रागिरि नगरपालिकामा शुक्रबार बिहान हुस्सु लागेको छ । माैसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी भू–भागमा आज बिहान बदली रहेको छ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ ।

महाशाखाका अनुसार आज दिउँसो पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ ।

कोसी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा र अन्य प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।

विभागका अनुसार आज राति कोसी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *