घरको जग खन्ने क्रममा माटोकाे ढिस्कोले पुरिएर चारजनाको मृत्यु

Thankot Times

थानकोट । 

इलाममा ढिस्कोले पुरिएर चारजनाको मृत्यु भएको छ ।

इलामको सूर्योदय नगरपालिका–१० फिक्कलमा ढिस्कोले पुरिएर चारजनाको मृत्यु भएको हो ।

स्थानीय विनोद श्रेष्ठको घडेरी खार्ने क्रममा ढिस्कोले पुरिएर बेपत्ता भएका भारतीय कामदारको मृत्यु भएको ।

जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक जितेन्द्रकुमार बस्नेतले चारैजनाको ढिस्कोले पुरेर मृत्यु भएको जानकारी दिए । उनका अनुसार सूर्याेदय नगरपालिका १० फिक्कलको छिपिटार जोडिने रिङरोड क्षेत्रमा घर बनाउने क्रममा माथिबाट आएको ढिस्कोले उनीहरूलाई पुरेको थियो । 

मृत्यु हुनेमा १८ देखि २० वर्ष उमेर समूहका बिहार बस्ने किसानगञ्जका तोसिव आलम, सोही ठाउँ बस्ने अजि मोदिन, मुजाफर आलम र अब्दुल आलम रहेको बताइएको छ ।

रासस


Leave a Reply

Your email address will not be published. Required fields are marked *