मुग्लिन-नारायणगढ सडकको पहाड काट्न कात्तिकपछि मात्र विस्फोट गरिने

Thankot Times

थानकोट ।
नारायणगढ-मुग्लिन सडकका पहाड तिहारपछि मात्रै फुटाइने भएको छ।

मनसुन सुरु भइसकेका कारण अहिले चट्टान विस्फोट गराउन प्राविधिक रूपमा नसकिने भएकाले करिब छ महिनापछि मात्र बिस्फोट गरिने भएको हो।
नारायणगढ-मुग्लिन सडक आयोजनाका प्रमुख किरण कार्कीले भने,  ‘पहाड फोर्नका लागि सानो प्वाल खोलेर बारुद राख्नुपर्ने हुन्छ तर अहिले वर्षात् सुरु हुन लागेका कारण सो सम्भव हुँदैन।

त्यसैले आगामी कात्तिकपछि मात्र बिस्फोटको काम हुनेछ ।’

बिस्फोट गर्न बारुदको अभावमा पहाड फोर्न नसक्दा नारायणगढ मुग्लिन सडक आयोजनाको तुइन खोलामाथिको पुल निर्माण कार्य लामो समयदेखि रोकिएको छ।

पुलसँगै रहेको पहाड काट्न बिस्फोट नै गर्नुपर्ने हुन्छ। बारुद खरिद प्रक्रियामा ढिलाइ हुँदा समस्या भएको हो गोरखापत्र दैनिकमा खबर छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ