डिभी चिठ्ठाकाे नतिजा सार्वजनिक, आवेदकहरूले यसरी हेर्नुहाेस नतिजा

Thankot Times

थानकोट ।

अमेरिकी इलेक्ट्रोनिक्स डाइभर्सिटी भिसा डिभीको रिजल्ट सार्वजनिक भएको छ । गत वर्ष (२०२२) मा भरेको डिभीको नतिजा नेपाली समय अनुसार शनिबार सार्वजनिक भएको हो । 

अमेरिकी डिभी परे, नपरेको हेर्न ‘डिभी’ फारम भर्दाको ‘कन्फर्मेसन’ पेजमा भएको नम्बर, आफ्नो थर र जन्म मिति आवश्यक पर्छ । ब्युरो अफ काउन्सुलर अफेयर्सको वेब साइटमा गई आफ्नो नाम र कन्फरमेसन नम्बर राखेर नतिजा हेर्न सकिन्छ ।

नतिजा चेक गरेको पैसा लाग्दैन्।

इडिभी पर्यो कि परेन भनेर  https://dvprogram.state.gov/ESC/ लिंकमा गएर डिभी चिठ्ठाको नतिजा हेर्न सकिन्छ । यदि छनोट भएको खण्डमा उनीहरुले आगामी अक्टोबरदेखि अमेरिकाको भिसा पाउन थाल्नेछन् ।

कन्फर्मेशन नम्बर, थर र जन्म वर्ष हालेर डिभी परे नपरेको चेक गर्न सकिन्छ ।

तर कन्फर्मेशन नम्बर हरायो भनेपनि चिन्ता गर्नु नपर्ने भएको छ । डिभी लोटरीको कन्फर्मेशन नम्बर हराएको खण्डमा नाम, जन्ममिति र इमेल ठेगाना मार्फत कन्फर्मेशन नम्बर प्राप्त गर्न सकिने सुविधा अमेरिकी सरकारले दिएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ