मनकामना मन्दिरमा भारतीय भक्तजनमाथि हातपात, पुजारीका छोराका विषयमा बढी कम्प्लेनः प्रहरी

Thankot Times

थानकोट । 

गोरखास्थित प्रसिद्ध मनकामना मन्दिर दर्शनका लागी पुगेका भक्तजनमाथि हातपात भएको छ ।

भारतको कर्नाटकबाट मनकामना दर्शनका लागि पुगेका भक्तजनलाई मन्दिरका कर्मचारीले हातपात गरेका हुन् । केही भक्तजन सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।

‘एकपटक मन्दिर दर्शन गरेर बाहिर निस्केपछि उहाँहरु फेरी मन्दिर पस्न खोज्नुभएछ,’ मनकामना प्रहरी चौकीका इन्चार्ज जीवनाथ सुवेदीले भने, ‘कर्मचारीले रोक्न खोज्दा विवाद भएर सामान्य हातपात भएछ।’ घटना लगतै पीडित पक्षले प्रहरी चौकीमा उजुरी दिएका थिए । दुवै पक्षलाई बोलाएर सहमति गरेर पठाइएको सुवेदीले जानकारी दिए ।

भक्तजनमाथि अभद्र व्यवहार हुनु दुःखद भएको मनकामना क्षेत्र विकास समिति अध्यक्ष रामकुमार जोशीले बताए अनलाइन खबरमा समाचार छ । यसअघि पनि पटक पटक यस्ता घटना हुने गरेको उनले जानकारी दिए ।

‘खासगरी मन्दिरका पुजारीका छोराको विषयमा बढी कम्प्लेन आउने गरेको छ, उहाँको बुवालाई राखेर पनि हामीले धेरै पटक सम्झाइसकेका छौ, तरपनि लफडा भइरहन्छ,’ उनले भने।


Leave a Reply

Your email address will not be published. Required fields are marked *