पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान पक्राउ
थानकोट ।
पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान पक्राउ परेका छन्।
खानलाई इस्लामाबाद उच्च अदालत बाहिरबाट सुरक्षाकर्मीले हिरासतमा लिएको हो । उनको पार्टीको स्रोतले यसबारे जानकारी दिएको छ ।
इमरान खानको पार्टी पाकिस्तान तहरिक-ए-इन्साफ (पिटिआई) का नेता फवाद खानका अनुसार इस्लामाबाद उच्च अदालत बाहिर इमरान खानको गाडीलाई रेन्जरले घेरेका थिए ।












