यस वर्ष भोटो देखाउने जात्राका लागि जेठ ११ गते बिहीबारका लागि जुर्यो साइत

Thankot Times

थानकोट ।

ललितपुरको जावलाखेलमा यही जेठ ११ गते भोटो देखाउने साइत जुरेको छ ।
साइत अनुसार जेठ ८ गते लगनखेलबाट रातो मच्छिन्द्रनाथको रथ तानेर जावलाखेल पुर्याइनेछ । रथ जावलाखेल पुगेको तीन दिनपछि भोटो देखाउने प्रचलन छ ।
मंगलबजारमा स्थित सोह्रखुट्टे पाटीमा बसेर ज्योतिषहरुले भोटो देखाउने दिनको लागि उपयुक्त साइत हेरेका थिए ।

गत बैशाख ८ गते रथारोहण गरिएको रातो मच्छिन्द्रनाथको रथयात्रा बैशाख ११ गते सुरु गरिएको थियो ।

यस वर्ष ठाँउठाँउमा रथ उल्कने समस्या पैदा हुँदा सोझ्याउदै तानिएको थियो ।

रथ ताने क्रममा क्रेनको प्रयोग गरेर समेत रथ सोझ्याइएको थियो ।
भोटो देखाउने जात्रामा राष्ट्रप्रमुखसँगै संबैधानिक निकायमा प्रमुखहरु उपराष्ट्रपति प्रधानमन्त्री, प्रधानान्याधिशलगायतको विशेष उपस्थिती रहने गरेको छ ।

भोटो देखाएपछि मच्छिन्द्रनाथको मूर्ति बुङमतीस्थित मन्दिरमा लगिन्छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *