छोराले चलाएको मोटरसाइकल दुर्घटना हुँदा आमाको मृत्यु

Thankot Times

थानकोट । 

छोराले चलाएको मोटरसाइकल दुर्घटनामा परी आमाको मृत्यु भएको छ । 

मोरङको रङेली नगरपालिका-५ धनापट्टीमा छोराले चलाएको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा पछाडि बसेकी आमाको मृत्यु भएको हो  । 

मोरङ ट्राफिक प्रमुख प्रहरी निरीक्षक सुनिलकुमार श्रेष्ठका अनुसार प्रदेश १-०२-०४९ प ७८३६ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भएर दुर्घटनामा हुँदा आमा मानकीदेवी साहको मृत्यु भएको हो ।

उनका अनुसार गम्भीर घाइते भएकी ५० बर्सिया मानकी देवीको उपचारका क्रममा विराटनगरस्थित गोल्डेन अस्पतालमा बुधवार राति निधन भएको हो ।

दुर्घटना पछि छोरा २९ वर्षीय दिनेशकुमार साहले उपचारका लागि आमालाई अस्पताल लगेका थिए ।

उक्त दुर्घटनामा आमा मानकीदेवीको मृत्यु भएपछि छोरामाथि भने अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । 


Leave a Reply

Your email address will not be published. Required fields are marked *