मुस्ताङमा ३.७ म्याग्नेच्यूडको भूकम्पको धक्का महशुस
थानकोट ।
बिहीबार नेपालमा २ वटा भूकम्पको धक्का महशुस गरिएको छ।
स्थानीय सयमअनुसार आज साँझ ६ बजेर २२ मिनेट जाँदा मुस्ताङ जिल्लामा भूकम्पको धक्का महशुस गरिएको हो । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार ३.७ म्याग्निच्युडको भूकम्प गएको छ ।
आज बिहान पनि ५ बजेर १५ मिनेट जाँदा बाजुरा केन्द्र बनाएर ४.३ म्याग्निच्युडको भूकम्प गएको थियो ।












