कस्तो रहला आज शुक्रबारको माैसम !

Thankot Times

थानकोट । 

माैसम पूर्वानुमान महाशाखाले हाल देशमा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ।

महाशाखाका अनुसार हाल देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ ।

आज दिउँसो कोशी  र मधेशका साथै बागमती प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ।

कोशी प्रदेशका साथै बागमती र  गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना रहेको छ।

राती भने कोशी प्रदेशमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *