खटाएको कार्यालयमा सात दिनभित्र नजाने कर्मचारीलाई अब कारबाही

Thankot Times

थानकोट ।

सरकारले खटाएको कार्यालयमा जान अटेरी गरिरहेका कर्मचारीलाई सात दिनभित्र रमाना लिएर हाजिर हुन निर्देशन दिएको छ ।

सरुवा गरिएका, काज खटाइएका तथा फिर्ता गरिएका, स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतका रूपमा कामकाज गर्न खटाइएका संघीय कर्मचारीलाई सात दिनभित्र रमाना लिएर सम्बन्धित कार्यालयमा हाजिर हुन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निर्देशन दिएको हो ।

कर्मचारी खटाइएको कार्यालयमा नजाँदा सेवा प्रवाहमै असर परेको भन्दै मन्त्री अमनलाल मोदीले बुधबार मन्त्रालय, आयोग, सचिवालय, कार्यालय, प्रदेश र स्थानीय तह सबैलाई खटाइएका ठाउँमा कर्मचारी पठाउने सम्बन्धमा समय नै तोकेर परिपत्र गर्ने निर्णय गरेका छन् । खटाएको ठाउँमा नजाने कर्मचारीको यकिन संख्या कति छ भन्ने तथ्यांक भने मन्त्रालयसँग छैन्, नयाँ पत्रिकामा खबर छ ।

रमाना लिएर हाजिर नहुने कर्मचारीलाई कारबाही गर्नेसम्मको चेतावनी मन्त्री मोदीले दिएका छन् । यस सम्बन्धमा मन्त्री मोदीले पाँचबुँदे निर्णय गरेका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *