कामै नगरी कर्मचारीले लिए १० करोड ४७ लाख

Thankot Times

थानकोट ।

सरकारले सयौं कर्मचारीलाई जिम्मेवारी नदिई अतिरिक्त समूहमा राख्दा राज्यकोषको १० करोडभन्दा बढी रकम खेर गएको छ ।

अतिरिक्त समूहमा रहेका कर्मचारीले हाजिर गर्ने र कामै नगरी त्यसै घर फर्केरै १० करोड ४७ लाखभन्दा बढी रकम सकाएका हुन् ।

यद्यपि, सो रकम कर्मचारीको तलबमा खर्च भएको हो ।

अतिरिक्त समूहमा राखिएकाले कामबिना नै तलब बुझ्ने गरेका छन् ।

सरकारले विभिन्न बहानामा सयौं कर्मचारीलाई अतिरिक्त समूहमा राख्ने गरेको छ ।

आर्थिक वर्ष २०७९/८० मा ती कर्मचारीले कामै नगरी १० करोड ४७ लाख बढी रकम सकेको महालेखा परीक्षकको कार्यालयले जनाएको आजको नेपाल समाचारपत्र दैनिक खबर छ । 


Leave a Reply

Your email address will not be published. Required fields are marked *