ध्यान-साधना बीचमै छाडेर भारत फर्किए आमिर खान
थानकोट ।
काठमाडाैंको बुढानीलकण्ठस्थित विपश्यना केन्द्रमा ध्यान गर्न आएका बलिउड अभिनेता आमिर खान भारत फर्किएका छन् ।
गत आइतबार काठमाडौं आइपुगेका उनी शुक्रबार बिहान १०ः५० बजे इण्डिगो एयरलाइन्सबाट मुम्बई प्रस्थान गरेका हुन् ।
आमिरले सोमबारदेखि विपश्यनामा साधना गरे ।
शुक्रबार बिहान साढे ८ बजे उनले ध्यान केन्द्र छाडेर निस्किएको उक्त केन्द्रका एक कर्मचारीले बताए ।
‘उहाँ साढे ८ बजे नै यहाँबाट निस्कनुभएको हो । यति चाँडै किन निस्कनुभयो, त्यो कारण थाहा भएन,’ उनले भने ।
विपश्यनाको नियमानुसार १० दिन नियम पालनासहित ध्यान गर्नुपर्छ । आमिरले पनि सोही अवधिसम्म ध्यान गर्ने बताइएको थियो ।
आइतबार नेपाल आउँदा उनलाई व्यवसायी रुप ज्योतिलगायतले विमानस्थलमा स्वागत गरेका थिए ।












