सुकेधारामा भ्यानले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु
थानकोट ।
सुकेधारामा भ्यानले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु भएको छ ।
काठमाडौं महानगरपालिका-४ सुकेधारास्थित सडकमा प्रदेश ३-०१-०२४ च ७४६५ नम्बरको भ्यानको ठक्करबाट ६८ वर्षीया फूलमाया नगरकोटीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार मंगलवार बिहान भ्यानको ठक्करबाट घाइते भएकी नगरकोटीको उपचारको क्रममा त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा मृत्यु भएको हो ।
भ्यान चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।












