साथमा छाता वा वर्षादी बोक्न नभुल्नुहोला, आज दिउँसो पनि पानी पर्ने सम्भावना

Thankot Times

थानकोट ।

माैसम पूर्वानुमान महाशाखाका अनुसार देशका केही भागमा आज पनि वर्षाको सम्भावना रहेको छ ।

पश्चिमी वायु र स्थानीय वायुको सामान्य प्रभाव रहँदा आज बिहान देशका पहाडी भू-भागमा आंशिक बदली रहेको छ । बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । देशका पहाडी भू-भागका केही स्थानमा साथै लुम्बिनी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।

आज राति कोसी प्रदेशका साथै देशका पहाडी भू-भागमा आंशिक बदली रहनेछ । बाँकी भू-भागको मौसम सामान्यतया सफा रहनेछ । कोसी प्रदेशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *