काठमाडाैंमा खोलामा खस्यो यात्रुबस, आठ जना यात्रु घाइते

Thankot Times

थानकोट । 

तारकेश्वर नगरपालिकामा बुधबार यात्रुबाहक बस शेषमति खोलामा खसेको छ ।

काभ्रेस्थलीबाट रत्नपार्क जाँदै गरेको बा. ३ ख. ६३६७ नम्बरको बस अनियन्त्रित भई शेषमति पुलनजिकै खोलामा खसेको महानगरीय प्रहरी वृत्त बालाजुले जनाएको छ । 

प्रहरीका अनुसार मोटरसाइकलसँग ठोक्किएर बस खोलामा खसेको हो ।

दुर्घटनामा आठ जना घाइते भएका छन् ।

घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । गम्भीर घाइते हुने मोटरसाइकल चालक हुन् । 

घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *