‘द भ्वाइस किड्स नेपाल सिजन २’ को उपाधि स्पन्दन सुब्बाले जिते
थानकोट ।
‘द भ्वाइस किड्स नेपाल सिजन २’ को उपाधि स्पन्दन सुब्बाले जितेका छन् ।
उपाधिसँगै सुब्बाले नगद रू १५ लाख रूपैयाँसहित अन्य पुरस्कार जितेका छन् ।
शुक्रबार रातीको ग्राण्ड फिनालेमा टीम प्रमोद खरेलको समूहबाट प्रतिस्पर्धा गरेका सुब्बाले उपाधि चुम्न सफल हुनुभएका हुन् ।
फिनालेमा सुब्बासहितका आठ जनाले उपाधिका लागि प्रतिस्पर्धा गरेका थिए । विजयी सुब्बालाई हिमालय टेलिभिजन एचडीका अध्यक्ष धर्मराज भुषालले पुरस्कार प्रदान गरेका थिए ।
उपाधि जितेका सुब्बाले १५ लाख रुपैयाँ नगद प्राप्त गरेका छन् ।
भ्वाइस किड्समा टीम प्रमोदको यो लगातार दोस्रो जित हो । यसअघि द भ्वाइस किड्स सिजन १ को उपाधि पनि टीम प्रमोदले जितेको थियो ।












