काठमाडौंमा जुवातास खेलिरहेका १३ जना समातिए
थानकोट ।
जुवातास खेलिरहेको अवस्थामा १३ जना पक्राउ परेका छन् ।
काठमाडौं महानगरपालिका-११, भोटेबहालस्थित शान्तिमार्गमा बस्दै आएका शेरबहादुर शेरचनको घरमा जुवातास खेलिरहेको अवस्थामा सोमबार साँझ प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेमा बागलुङको ढोरपाटन नगरपालिका-१ घर भई शान्तिमार्गमा डेरा गरी बस्दै आएका ५२ वर्षीय दिनेश शेरचनसहित १३ जना रहेका प्रहरीले जनाएको छ ।
उनीहरूलाई नगद एक लाख ६७ हजार रुपैयाँ र १६ बुक ताससहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।












