पुरुषोत्तम मास मेलाको १९औं दिन, मत्स्यनारायणमा श्रद्धालुहरूको घुँइचो, पाइला राख्ने ठाउँ छैन

Thankot Times

थानकोट ।

साउने घामका बीच पुरूषोत्तम मास महिनाका अवसरमा चन्द्रागिरि नगरपालिका ०९ मच्छेगाउँस्थित मत्स्यनारायण दर्शन गर्ने श्रद्धालुहरूको संख्यामा कुनै कमी देखिएको छैन् ।

पुरूषोत्तम मास मेलाको १९औं दिन शनिबार बिहान मच्छेगाउँमा श्रद्धालुहरूको खचाखच भिड देखिन्थ्यो ।

बिहान ३ बजेबाट नै श्रद्धालुहरू मत्स्यनारायण क्षेत्रमा पूजा अर्चनाका लागि पुगेका छन् । स्वयंसेवकहरूलाई श्रद्धालुहरूको लाम व्यवस्थापनका लागि भ्याइनभ्याइ देखिन्थ्यो । साँघुरो ठाउँ भएका कारण राम्रोसँग दर्शन गर्न नपाइएको गुनासो श्रद्धालुहरूले गरेका छन् ।

मेला व्यवस्थापनका लागि समिति गठन भएको छ तथापी समितिले श्रद्धालुहरूको अत्यासलाग्दो उपस्थितिका कारण सहज रूपमा मन्दिर दर्शनको व्यवस्था गर्न हम्मेहम्मे परेको जनाएको छ ।

फोटोग्राफर प्रदिप महर्जनको क्यामेरामा यस्तो देखियो १ महिने पुरुषोत्तम मास मेलाको १९औं दिन शनिबार बिहान मत्स्यनारायण मन्दिर क्षेत्रको चहलपहलः

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *