नेकपा एमाले बागमती प्रदेश अधिवेशन आजबाट, चन्द्रागिरिका चोक चोकमा स्वागतद्वार
थानकोट ।
नेकपा एमाले बागमती प्रदेशको अधिवेशन आजबाट सुरु हुँदैछ ।
अधिवेशनको उद्घाटन एमाले अध्यक्ष केपी शर्मा ओलीले बिहान ११ बजे गर्ने कार्यक्रम तय छ । संघीय संरचनामा गएपछि पहिलो चोटी एमालेमा बागमती प्रदेश अधिवेशन हुन लागेको हो ।
अधिवेशनको सम्पूर्ण तयारी पूरा भैसकेको एमाले बागमती प्रदेश अध्यक्ष केशव पाण्डेले बताए ।
काठमाडौंको भृकुटीमण्डपमा सुरु हुने अधिवेशनले बागमती प्रदेशमा नयाँ नेतृत्व चयन गर्नेछ ।
अधिवेशनमा सहभागिताका लागि १३ जिल्लाबाट ११३८ प्रतिनिधि छनोट भएर आइसकेका छन् । यदि ५ प्रतिशत प्रतिनिधि थप भएको अवस्थामा थप २५ जना प्रतिनिधि आजै छनोट हुने जनाइएको छ ।
अधिवेशनले एक अध्यक्ष, एक उपाध्यक्ष, एक सचिव र दुई उपसचिवसहित कुल २४० सदस्यीय कमिटी चयन गर्नेछ ।
अधिवेशनका लागि चन्द्रागिरि नगरबाट ३ जना महिलासहित ९ जना प्रतिनिधि सर्वसम्मत चयन भएका छन् ।
नेकपा एमाले बागमती प्रदेश अधिवेशनः चन्द्रागिरि नगरमा सर्वसम्मत छानिए अधिवेशन प्रतिनिधि












