गाजामा बन्धक बनाइएका सबैलाई तत्काल रिहा गर्न महासचिव गुतेरसकाे आह्वान
थानकोट।संयुक्त राष्ट्रसङ्घका महासचिव एन्तोनियो गुतेरसले गाजामा बन्धक बनाइएका सबैलाई निःशर्त तत्काल रिहा गर्न आह्वान गरेका छन्।
नेपालको औपचारिक भ्रमणमा रहेका राष्ट्रसङ्घका महासचिव गुटेरेसले सामाजिक सञ्जालमा ‘म नेपालबाट गाजामा बन्दी बनाइएका सबैलाई निःशर्त एवम् तत्काल रिहा गर्न आह्वान गर्दछु। सर्वसाधारणको हत्या, उनीहरुमाथि हुने आक्रमण र अपहरणलाई कदापि न्यायोचित मान्न सकिँदैन‚’ लेखेका छन्।
नेपालका विपिन जोशीलाई हमासले बन्धक बनाएको आशङ्का गरिएको छ। आतङ्कवादी समूह हमासले इजरायलमा गरेको आक्रमणपछि जोशी सम्पर्कविहीन छन्।
उक्त आक्रमणमा १० जना नेपाली विद्यार्थीको मृत्यु भएको छ। उक्त समूहले गत असोज २० गते इजरायलमाथि भीषण आक्रमण गरेको थियो।












