संसद् मा राष्ट्र संघका महासचिव गुटेरसकाे सम्बाेधन

Thankot Times

थानकोट ।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले शान्ति प्रक्रिया टुंग्याउने कार्यमा नेपाल एक्लै नरहेको बताएका छन्।

मंगलबार नेपालको संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै महासचिव गुटेरेसले यस्तो बताएका हुन्। उनले संक्रमणकालीन न्यायको माध्यमबाट मात्रै युद्वको घाउ निको हुने भन्दै यसलाई नाजुक र जटिल कार्यको रुपमा समेत चित्रण गरे।

उनले भने‘ हामीलाई के कुरा थाहा छ भने संक्रमणकालिन न्यायमा सफलताको सबैभन्दा ठूलो सम्भावना हुन्छ। जब यो समावेशी तथा बृहत हुन्छ र यसको केन्द्रमा पीडितहरु हुन्छन्। जब यो सत्य, क्षतिपुर्ती र न्यायमा केन्द्रित हुन्छ। यसमा तपाईहरु एक्लो हुनुहुन्न। ’


Leave a Reply

Your email address will not be published. Required fields are marked *