राष्ट्रपति रामचन्द्र पौडेलको युरोप भ्रमण स्थगित, मंगलबार बिहान भूकम्प प्रभावित क्षेत्रमा जाने

Thankot Times

थानकोट ।

आजबाट तय भएको राष्ट्रपति रामचन्द्र पाैडेलको विदेश भ्रमण स्थगित भएको छ । राष्ट्रपति रामचन्द्र पौडेल विदेश भ्रमण स्थगित गरी मंगलबार बिहान भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुम पश्चिम जाने भएका छन् ।

गत शुक्रबार राति गएको भूकम्पबाट प्रभावित नागरिकहरुको अवस्था बुझ्न राष्ट्रपति मंगलबार बिहान त्यस क्षेत्रमा जान लागेको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।

भूकम्पपछि अवस्था अनुकुल नभएको भन्दै राष्ट्रपति पौडेलले आजदेखी हुने भनिएको आफ्नो युरोप भ्रमण स्थगित गरेका हुन् ।

प्राकृतिक विपतको बेला राष्ट्रपति विदेश भ्रमण जान अनुपयुक्त हुने आवाज उठेपछि पौडेलले युरोप भ्रमण स्थगित गरेका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *