प्रधानमन्त्री दाहालले बोलाए सर्वदलीय बैठक

Thankot Times

थानकोट ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सर्वदलीय बैठक बोलाएका छन् ।

आज दिउँसो २ बजे सिंहदरबारमा संसद्‌मा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेतासँग छलफल गर्न बैठक बोलाइएको हो ।

गएको शुक्रबार जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएको भूकम्पले मानवीय र भौतिक रूपमा ठूलो क्षति भएपछि प्रधानमन्त्रीले सोसहित समसामयिक विषयमा छलफल गर्न बैठक बोलाएको बताइएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *